२०८३ वैशाख १४ , सोमबार

नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितलाई राहत वितरण



सुर्खेत । जाजरकोट भूकम्पबाट पीडितहरूलाई नेपाल प्रहरी श्रीमती संघले राहत वितरण गरेको छ । संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर लगायतका समितिका पदाधिकारीहरुले जाजरकोट र रुकुम पश्चिम दुबै जिल्लामा पुगे राहत वितरण गरको हुन् ।

जाजरकोटको भेरी नगरपालिका–१, राउत गाउँमा रहेका भूकम्प पीडितहरू ४२ सुत्केरी, ५० जना विद्यार्थी, ३१ वटा मृतकका र चार जना ज्येष्ठ नागरिकलाई गरी १२७ घरपरिवारलाई झोला, कापी–कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर,मण्डी, टोपी स्विटर लगायतका सामाग्री वितरण गरिएको छ ।

यस्तै रूकुम पश्चिम आठबिसकोट नगरपालिका –१४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको छ । राहात वितरणको क्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले जाजरककोट र रूकुम पश्चिमामा स्थलगत रूपमा पुगेर भूकम्प प्रभावित व्यक्ति, परिवारलाई आफूहरूले गरेको मानविय सहयोगबाट आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुनेहुँदा यस्तो विपदको समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्नु सबैको साझा दायित्व रहेको बताइन् ।

प्रकाशित मिति : २०८० मंसिर २७ गते बुधबार