चीनमा भूकम्प जाँदा एक सय जनाभन्दा बढीको मृत्यु

खबरदृष्टि सम्वाददाता ३ पुष २०८०, मंगलवार १२:०१

एजेन्सी। चीनको गान्सु प्रान्तमा मङ्गलबार बिहान गएको भूकम्पमा परी एक सय जनाभन्दा बढीको मृत्यु भएको छ । सरकारी सञ्चार माध्यम सिन्ह्वाले प्रान्तीय भूकम्प राहत मुख्यालयलाई उद्धृत गर्दै जनाए अनुसार उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिशान काउन्टीमा ६ दशमलव २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

सोमबार साँझ गएको ६‍.२ म्याग्निच्युडको भूकम्पमा परी एक सय १८ जनाको मृत्यु भएको तथा दुई सय जनाभन्दा बढी घाइते भएको पनि प्रान्तीय भूकम्प राहत मुख्यालयले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु लिनक्सिया चेङगुआन्जेन, गान्सुबाट ३७ किलोमिटर र लान्झाउ, गान्सुबाट करिब १०० किलोमिटर टाढा रहेको थियो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।

Next Post

सुर्खेततर्फ आउँदै गरेको जीप दुर्घटना : १४ जना घाईते

३ पुष २०८०, मंगलवार १२:०१
सुर्खेत। मध्यपहाडी लोक मार्ग अन्तर्गत अछामको मंगलसेन नगरपालिका वडा नम्बर ७ मा जिप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । बाजुराबाट सुर्खेतका लागी छुटेको भे १ च २५७६ नम्बरको जिप मध्य पहाडी लोक मार्गमा दुर्घटना भएको हो । घाईते हुनेमा हुम्ला निवासि गाडी चालक काबु लामा, प्रिन्स फडेरा, प्रतिज्ञा […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031