२०८३ वैशाख १४ , सोमबार

१७ दिनदेखि वेपत्ता भएका बालक मृत फेला



दुर्गा विसी, सल्यान । सल्यानको कुपिण्डे नगरपालिका वडा नम्बर– ५ चिउरा निवासी कमल विश्वकर्माको छोरा वर्ष १३ का अर्जुन विक हराएको १७ दिन पछि मृत अवस्थामा फेला परेका छन् । घरदेखि पुर्वतिरको जंगलमा उनी बाख्रा चराउन गएको तर उनको मृत्यु भने त्यो जंगलमा नभई फरक ठाउँमा फेला परेको हो।

गाउँदेखि पुर्व घरेलिको जंगलमा उनी बाख्रा चराउन पुगेको तर बिच ठाउँ फर्की सकेका उक्त बालक घरदेखि दक्षिणतर्फ मृत अवस्थामा फेला परेको परिवारले जनाएका छन् । बाख्रा चराउन उनी मंसिर २० गते जंगलमा पुगेका थिए तर बेलुकी घर नफर्केको परिवारको भनाइ रहेको छ ।

सुस्तमन स्थितिका ती बालक जंगलदेखि बाख्रा लिएर अबेर रातिसम्म नआएपछि आफ्न्तले खोजि गरेका थिए । खोजि गर्दा घरपरिवारले उनलाई भेटाएका थिएनन् । शनिवार दिउँसो वडा ४ को तारुपरे लेखमा रहेको सिद्ध गुफा नजिकैको जंगलमा उनको शव भेटिएको हो ।

हाल घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान कार्य अघि वढाएको छ भने वालकको मृत्युको कारण भने खुल्न सकिरहेको छैन ।

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार