२०८३ वैशाख १४ , सोमबार

दुर्गममा सेनाको स्वास्थ्य शिविर



सुर्खेत । सुर्खेतको पश्चिम लगाममा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार चौकुने गाउँपालिका–२ लगाममा सुर्खेतमा रहेको कालीबहादुर गणको आयोजनामा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत जनरल सर्जन डा‍‍. उपेन्द्रकृष्ण रेग्मी, स्त्रीरोग तथा प्रसुति विशेषज्ञ डा‍. रोजी यादव, नेपाली सेनाका उपसेनानी डा‍. मोनिमा महर्जन, प्रदेश अस्पतालकै डा. दर्पण नेपाली, सुर्खेत आँखा अस्पतालका ओपिडी ईञ्चार्ज अरुण गुप्ताले सेवा दिएका छन् ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेको दुर्गम गाउँमा पुगेर नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए। ‘नेपाली सेनाले गर्ने सामाजिक सेवा अन्तर्गत हामीले स्वास्थ्य शिविर संञ्चाल गरेका हौं । पालिकाका जनप्रतिनिधिसँगको समन्वयमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नभएको गाउँ रोजेका हौं ।’ प्रमुख सिलवालले भने ।

यसले सर्वसाधारण र नेपाली सेनाबीचको सम्बन्ध सुधार हुने बताए । श्री ज्योति फाउन्डेसन, स्वास्थ्य महाशाखा, कर्णाली प्रदेश अस्पताल, सुर्खेत आँखा अस्पताल र नम्वर ४ फिए गुल्मको सहयोगमा शिविर सञ्चालन गणपति सिलवालको छ ।

शिविरमा चौकुने गाउँपालिकाका वडा नम्बर १, २ र ३ का माथिल्लो लगाम, तल्लो लगाम, बडासैन, पोखरे, साताबोला, धम्मु, फिचला, मौरीबन, पिपलकुन्टा, कोसेडा, सिमलखेत, हल्दुखेत, धनरास, पग, सोत, तोलीसैन, रानागैरा, धामीसैन, तालागाउँ, केलाबोट, चायबोट, काप्रीकाँडा, सिमली, धौलीछायाँ, दानीगौडा, सातसल्ली, सिमलगैरा, धौलेकाँडा, थापाथैली, गहुँखाडा गाउँका नागरिकले सेवा लिएका छन् ।

गाउँका ४ सय बढीले शिविरबाट सेवा लिएका छन । स्वास्थ्य सेवा लिन गाडी खोजेर टाढा जानुपर्ने बाध्यताबीच गाउँमै शिविर चलाएर आफूलाई सहज भएको स्थानीय मोनह विकले बताए । जटिल रोग लागिहालेमा तत्कालै अस्पताल जान सकिने अवस्था पनि छैन उनले भने, ‘दुर्गममा सामान्य औषधी पाउदैन, जटिल रोगको उचपचार गर्न सदरमुकाम जान पर्ने बाध्यता कायमै छ ।’

गाउँपालिकामा नेपाली सेनाले पहिलो पटक शिविर चलाएको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । सेनालेपनि शिविर चलाउछ र भन्दै मानिसहरुले विश्वास गरेका थिएनन् उनले भने, ‘सडकको राम्रो सुविधा नभएका यहाँका गाउँबाट गुणस्तरीय सेवा लिन सदरमुकामसम्म जान पनि समस्या छ ।’

यस्तो अवस्थामा गाउँमै आएर सैनिकले शिविर चलाएपछि स्थानीयलाई राहत भएको डा‍. मोनिमा महर्जनले बताइन । शिविरमा स्त्री तथा प्रसुति रोग, आँखा सम्बन्धि समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच तथा उपचार गरिएको छ । शिविरमा जाँच गराउन आएकाहरुलाई आवश्यक औषधि पनि वितरण गरिएको छ ।

No description available.No description available.No description available.

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार