२०८३ साउन २९ , शुक्रबार
ताजा समाचारहरु
गृहपृष्ठ
समाचार
देश
राजनीति
खेलकुद
अन्तराष्ट्रिय
अन्तरवार्ता
कला/साहित्य
विविध
स्वास्थ्य/शिक्षा
Epaper
ताजा समाचार
लेखा समितिमा प्रहरीका आईजीपीमाथि भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टी ल्भधक क्गmmबचथ न्भलभचबतभम दथ इप् ब्क्ष्। भ्मष्तयचष्बििथ चभखष्भधभम। सार्वजनिक लेखा समितिमा प्रहरी प्रमुखमाथि भएको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि व्यक्त गरेका छन्। गृहमन्त्री गुरुङले भने, ्ुमेरो गैर उपस्थितिमा प्रहरी प्रमुखमाथि जुन व्यवहार भएको छ, त्यसप्रति हामी खुसी छैनौं । वि आर नट ह्याप्पी ।्ु सांसद खगेन्द्र सुनारले पोशाक खरिद अनियमितताको आरोपमा गृहसचिव र प्रहरी प्रमुखलाई नैतिकताका आधारमा राजीनामा दिन चेतावनी दिएका थिए। २९ साउन, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि भएको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङ असन्तुष्ट बनेका छन् । ‘मेरो गैर उपस्थितमा प्रहरी प्रमुखमाथी जुन व्यवहार भएको छ । त्यसप्रति गृहमन्त्रीको ध्यानाकर्षण भएको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसप्रति हामी खुसी छैनौं । वि आर नट ह्याप्पी ।’ गत बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बुधबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोशाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भनेर परेको उजुरीउपर छलफल थियो । छलफलमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाली प्रहरीका प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक ९आईजीपी० नारायणदत्त पौडेल उपस्थित थिए । गृहमन्त्री सुधन गुरुङ आमन्त्रित थिए, तर गएनन् । जहाँ सांसद खगेन्द्र सुनारले ‘‘प्रहरीको कपडा खरिदमा, जुत्ताहरूको खरिदमा समिति ९छानबिन समिति० बन्नुपर्ने’ बताएका घिए । यसबारे अख्तियार वा अन्य कुनै निकायले छानबिन गरेको भनेर पन्छिन नमिल्ने बताउँदै सुनारले भनेका थिए, ‘धामीको मुद्दा धामीले, कामीको मुद्दा कामीले, सार्कीको मुद्दा सार्कीले छानबिन गर्न पाइँदैन । यसबारे विशेष खालको छानबिन समिति बन्नुपर्छ ।’ उनका अनुसार, प्रहरी पोशाक खरिद गर्ने जिम्मेवारी पाएको ठेकेदार छनोट प्रक्रियामा प्रश्न छ । यसकारण यो विषयमा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र नेपाली प्रहरीका आईजीपी कार्की जिम्मेवार रहेको दाबी गरेका थिए । यसमध्ये तत्कालीन गृहमन्त्री अर्याल हाल जिम्मेवारीमा छैनन् । सशस्त्रका आईजीपी अर्याल अवकाशमा गइसके । हाल जिम्मेवारीमा रहेका गृहसचिव श्रेष्ठ, नेपाली प्रहरीका आईजीपी कार्कीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । नैतिकता नदेखाए हटाइने चेतावनी दिए । ‘नैतिकता छ भने तपाईंहरूले छोड्नुपर्छ । कानुनी राज्य हो भने बर्खास्ती गरिनुपर्छ, आजै, अहिल्यै राइट नाउ,’ उनले धम्क्याउँदै भनेका थिए, ‘स्पष्ट कुरा छ, तत्कालीन गृहमन्त्री, गृहसचिव र आईजीपीलाई तत्काल सेवाबाट निलम्बन गरेर, जिम्मेवारीबाट बर्खास्त गरेर, बाहिर ल्याएर कठघरामा राखेर यो विषयमाथि छानबिन हुनुपर्छ ।’ यो विषयमा अन्यत्र मुद्दा चलिरहेको छ भनेर पन्छिन नमिल्ने बताए । ‘अख्तियारमा मुद्दा चलिरहेको छ भनेर अलमल पारेर चोखिएर रिटायर्ड भएर घर जान पाइँदैन । राजु अर्यालजी कहाँ हुनुहुन्छ रु यहाँ तत्काल लिएर आउनुपर्यो । ओमप्रकाश अर्यालजी कहाँ हुनुहुन्छ रु तत्काल ल्याएर यहाँ कठघरामा उभ्याउनुपर्यो,’ सांसद सुनारले गृहसचिव श्रेष्ठ र नेपाल प्रहरीका आईजीपी कार्कीतर्फ हेर्दै भनेका थिए, ‘बर्दी लगाएर छानबिन हुँदैन । बर्दी लगाएर ल छानबिन गर भन्न पाइँदैन । गृहसचिवले त्यो कुर्सीमा बसेर ल छानबिन गर भन्न पाइँदैन ।’ सांसद सुनारको यस्तो शैलीको सोही दिन सार्वजनिक लेखा समितिको बैठकमै विरोध भएको थियो । यो विषयमा आफ्नो पनि ध्यान गएको भन्दै गृहमन्त्री सुधन गुरुङले शुक्रबार संसदकै कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा त्यसप्रति असन्तुष्टि जनाएका हुन । गृहमन्त्री गुरुङले भनेका छन्, ‘आरोप लाग्न सक्छ । त्यसलाई पुष्टि भए जसरी करार गर्नु उचित होइन ।’
कर्णालीमा पदक विजेता खेलाडी सम्मानित
भ्रामक सूचना र दुष्प्रचारविरुद्ध युवाको भूमिका विषयमा कार्यशाला
श्रीमतीमाथि पेट्रोल छर्किएर आगो लगाएको आरोप, गम्भीर घाइते
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने, खगराजलाई मुख्यमन्त्री हुने बाटो खुल्यो
८४ दिनमा मोटरसाइकलबाटै नेपालका ७७ जिल्ला घुमिन् २२ वर्षीया शीतल गिरी
बालुवाटारमा दोस्रोपल्ट पुगे रवि लामिछाने, प्रधानमन्त्रीसँग ४५ मिनेट कुराकानी
बनस्थली क्षेत्रमा लुटपाटको आतंक मच्चाउने ४ जना पक्राउ
दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण राति पौने ९ बजेतिर आफूहरू अस्पताल फर्किएको र त्यसलगतै अस्पताल प्रवेश गरी आक्रमण भएको डा।अलीले बताए ।
समाचार तथा अन्य शीर्षकहरु खोज्नुहोस्
Search
Search
कर्णाली प्रदेश
डोल्पामा नगर प्रहरीद्वारा व्यापारीमाथि मुक्का प्रहार
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी
तीनकुने घटनाप्रति पत्रकार महासंघ सुर्खेतको छलफल
गहुँ काट्दै किसान
राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत
पत्रकार रजक हत्या र संचारगृहमाथिको ज्यादतीविरुद्ध जाजरकोटका पत्रकारहरुकाे विरोध
नापी कार्यालयकाे डिजिटल बोर्ड ह्याक गरेर ‘आई लभ यु प्रमिला’ लेखेपछि…..
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियूको रौनक
उपसभापति खड्काले तामझामले शिलान्यास गरेको पुल निर्माण अलपत्र
८ महिनामा १५ प्रतिशत मात्रै खर्च
«
‹
५९
६०
६१
६२
६३
›
»