
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ । नेविसंघका विवेक खड्का नेतृवको प्यानल नै विजयी भएको हो ।
सोमबार भएको मतदानमा नेकपा एमाले निकट अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । गएराति सार्वजनिक नतिजा अनुसार खड्का १ हजार १८७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी शाहीले ९ सय ७ मत प्राप्त गरेका छन् ।
अध्यक्षका अन्य प्रत्यासीहरु प्रकाश विकले २७५ र मिलन बिसीले २३१ मत प्राप्त गरे । कुल ४ हजार ३ सय ८३ मतदातामध्ये दुई हजार ८ सय ६२ जनाले मतदान गरेका थिए । सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन् ।
प्रकाशित मिति : २०८१ चैत २० गते बुधबार