२०८३ कात्तिक २७ , बिहीबार

देउँसीमा अश्लील नृत्य देखाउने दुईजना पक्राउ



जगदिश शाही

वुटवल ।तिहारको बेला सडकमा अश्लील नृत्य प्रदर्शन गर्ने दुई जनालाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ । बुधबार राति जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मैलवारबाट दुई जनालाई नियन्त्रणमा लिइरहेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ का ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की प्राप्ती बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्द्रले जानकारी दिए ।

उनीहरूलाई सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान भइरहेको चन्दले बताए ।

परम्परागत देउँसीभैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सदभाव विरुद्ध स्वच्छिक र अमर्यादित तवरले अश्लिल नृत्य, गीत संगीत गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने चन्दको भनाइ छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २७ गते बिहीबार