२०८३ वैशाख ४ , शुक्रबार

सफाइ पाएपछि सन्दीपले भने– देशलाई जहाँ पुर्‍याएको थिएँ, अब अझ माथि पुर्‍याउँछु



काठमाडौँ । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले आफूले नेपाली क्रिकेटलाई अझ माथि पुर्‍याउने बताएका छन् । सफाइ पाएपछि उच्च अदालत पाटनमा संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले भने,’साढे १ वर्षभन्दा माथि भइसक्यो । फस्टडे बाटै म निर्दोष छु भनिरहेको थिएँ । नभएको कुरामा मलाई दोषी बनाइएको थियो । यो समयमा मलाई साथ दिनेप्रति आभारी छु । नेपाललाई जहाँ पुर्‍याएको थिएँ त्यसभन्दा माथि पुर्‍याउनेछु ।’

फैसालपछि सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले यो फैसालाले न्याय पाएको र अब बाँकी न्यायिक प्रक्रियामा पनि सन्दीपले सहयोग गर्ने बताए । उनले मुद्दा लगाउने व्यक्तिप्रतिको आत्मसम्मानमा असर पर्ने कुनै काम नहुने र अरूलाई पनि नगर्ने आग्रह गरे । उनले यो मुद्दापछि सन्दीप क्रिकेटको कप्तानबाट हटेकोले अब सफाइ पाएपछि उनलाई क्यान क्याप्टेनमा फिर्ता गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८१ जेठ २ गते बुधबार