क्रिकेटर विपिन शर्मा सुर्खेतमा नगद पुरस्कारसहित सम्मानित

खबरदृष्टि सम्वाददाता २४ पुष २०८१, बुधबार १४:३७

सुर्खेत । नेपाल प्रिमियम लिग (एनपीएल) मा उत्कृष्ट खेल प्रदर्शन गरेका क्रिकेटर विपिन शर्मा गृहजिल्ला सुर्खेतमा सम्मानित भएका छन् । एनपीएलमा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्ने टिम कर्णाली याक्सलाई प्लेअफमा पुर्‍याउँदा विपिनले दिग्गज ब्याटरहरूलाई आफ्नो स्पिनको जादुमा नचाएका थिए ।

बुधबार सुर्खेत उद्योग वाणिज्य संघले शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको हो । संघका अध्यक्ष लक्ष्मण कँडेललगायतका पदाधिकारीले नगद पाँच हजार, दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरेका हुन् । कार्यक्रममा अध्यक्ष कँडेलले खेलकुदको माध्यमबाट कर्णालीलाई राष्ट्रियस्तरमा परिचित गराएकोमा विपिनलाई धन्यवाद दिँदै अन्तर्राष्ट्रियस्तरमा कर्णालीको नाम र गौरव उचो बनाइराख्न शुभकामना दिए ।

सम्मानपछि विपिनले खेलकुदमा राज्यले गरेको लगानी खेर जान नदिने बताउँदै साना उमेरका खेलाडीमा पनि लगानी गर्न आग्रह गरे । कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट आइकोनिक प्लयेरका रूपमा छानिएका विपिन एनपीएलमा १३ विकेट लिँदै उदीयमान खेलाडी घोषित भएका थिए ।

Next Post

विपीन जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्रीको आग्रह

२४ पुष २०८१, बुधबार १४:३७
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका लागि इसराइली राजदूत समुलिक एरी बासमार्फत् इसराइल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि आग्रह गरेकी छन्। बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपीनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031