काठमाडौं । इजरायलले हमासद्वारा रिहा हुने ३३ बन्धकको सूची साझा गरेको छ । युद्धविराम सम्झौताको पहिलो चरणको भागको रूपमा हमासले मुक्त गर्ने इजरायली बन्धकहरूमा हमासले अक्टोबर ७ मा बन्धक बनाएका सबैभन्दा कान्छा र सबैभन्दा वृद्धहरू समावेश छन् ।
इजरायलको एक्समा रिहाइ हुने अपेक्षा गरिएको पहिलो ३३ बन्धकहरूको नामको साथ एउटा छवि साझा गरिएको छ । काफिर बिबास नौ महिनाका थिए, जब उनी पहिलो पटक बन्धक बनाइएका थिए र अहिले कैदमा हुँदा दुईवटा जन्मदिन मनाएका छन्।
हमासले दिएको यो सूचीमा ८६ वर्षीय श्लोमो मान्जुर सबैभन्दा वृद्ध बन्धक हुन् र उनी पनि रिहा हुने बन्धकहरूको पहिलो पङ्क्तिमा समावेश हुने अपेक्षा गरिएको छ । यसअघि आइतबार हमासले तीन महिला बन्धकहरूको नाम सार्वजनिक गरेको थियो, जसलाई पहिले रिहा गरिने छ ।
आइतबार बिहानदेखि युद्धविराम कार्यान्वयनमा कठिनाइ भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अब गाजामा युद्धविराम स्थानीयसमय अनुसार बिहान ११ः१५ बजे सुरु भएको जनाएको छ ।
यी हुन् रिहा हुन लागेका ३३ जना –
लिरी अल्ब्याग (१९)
करिना एरिभ (२०)
ओहद बेन अमी (५६)
अगम बर्गेर (२०)
बिबस परिवार (शिरी-३३, यर्देन-३५, एरियल-५ र क्रिफ-१)
ओफर काल्ड्रोन (५४)
एलिया चोहन (२७)
एमिली डमारी (२८)
सेचु डिकल चेन (३६)
इत्हाक एलग्रान्ट (६९)
डेनेलिया गिल्बो (२०)
रोमी जेनन (२४)
लेर हर्न (४६)
ताछी इदन (५०)
नामा लेभी (२०)
ओर लेभी (३४)
ओडेड लिफ्छिज (८४)
श्लोमो मन्तजुर (८६)
ओभेरा मेन्जिस्टु (३८)
गदी मोचे मोजेज (८०)
हिसम अल शायद(३६)
एलियुहु शराबी (५२)
ओमर शेम तोम (२२)
तेल शोहम (४०)
केथ सिजेल (६५)
दोरो स्टेनब्रेचर (३१)
एलेजेन्डर ट्रोफोनोभ (२९)
ओमर वेन्कर्ट (२३)
ओहद याहालोमी (५०)
अर्बेल यहुद (२९)