२०८३ असोज २ , शुक्रबार

फोर्स गाडी नदीमा खस्यो, १४ जना बेपत्ता



सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–साङ्गेतडास्थित कर्णाली राजमार्गमा दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको छ।

उनका अनुसार, कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो । प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार टोली पुगिसकेको भए पनि गाडी नदीमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन ।

दुर्घटनापछि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ। गाडी अहिलेसम्म फेला नपरेको र यात्रुहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार