२०८३ भदौ २७ , शनिबार

वीरेन्द्रनगरवासीका लागि खुसीको खबर, काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक सञ्चालनमा



जगदिश शाही
सुर्खेत । वीरेन्द्रनगर–६, मंगलगढी चोकमा काँक्रेबिहार विशेषज्ञ डायग्नोस्टिक पोलिक्लिनिक १९ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नागरिकलाई सहज, गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले पोलिक्लिनिक सञ्चालनमा ल्याइएको हो।

पोलिक्लिनिकमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा उपलब्ध हुने जनाइएको छ। स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि उपचारका लागि अन्यत्र जानुपर्ने नागरिकको बाध्यता कम हुने अपेक्षा गरिएको छ।

स्वास्थ्यकर्मी तथा पोलिक्लिनिकका शेयरधनी दिनेश गौतमका अनुसार स्थानीय नागरिकलाई गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले पोलिक्लिनिक सञ्चालनमा ल्याइएको हो। आधुनिक प्रविधिसहितको स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्‍याउने प्रयास गरिएको उहाँले बताउनुभयो।

पोलिक्लिनिकमा वरिष्ठ चिकित्सक डा। कृतिका थापाको  नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य सेवा प्रदान गर्नेछ।

पोलिक्लिनिकमा हाडजोर्नी तथा नसासम्बन्धी रोगको विशेषज्ञ परामर्श तथा उपचारका साथै स्त्रीरोग तथा प्रसूतिसम्बन्धी विशेष परामर्श र उपचार सेवा उपलब्ध हुने जनाइएको छ।

त्यस्तै, मधुमेह, उच्च रक्तचाप, दम तथा थाइराइडलगायतका दीर्घरोगको परीक्षण तथा उपचार सेवा पनि प्रदान गरिनेछ। पेट, कलेजो, छाती तथा मुटुसम्बन्धी रोगको विशेषज्ञ परीक्षण तथा परामर्श सेवा समेत उपलब्ध हुने गौतमले जानकारी दिनुभयो।

पोलिक्लिनिकमा अत्याधुनिक डिजिटल एक्स–रे, प्रयोगशाला परीक्षण तथा फार्मेसी सेवा समेत सञ्चालनमा रहेको छ। स्वास्थ्य परीक्षणदेखि विशेषज्ञ चिकित्सकको परामर्श र औषधिसम्मका आवश्यक सेवा एउटै स्थानबाट उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ।

स्थानीयस्तरमै आधुनिक प्रविधिसहित विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि वीरेन्द्रनगर तथा आसपासका नागरिकलाई स्वास्थ्य उपचारमा थप सहजता हुने अपेक्षा गरिएको छ।

पोलिक्लिनिकले आगामी दिनमा नागरिकको आवश्यकता र मागअनुसार थप विशेषज्ञ सेवा तथा स्वास्थ्य सुविधाहरू विस्तार गर्दै लैजाने जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ २७ गते शनिबार