काठमाडौँ । नेपाल क्रिकेट संघको नयाँ कार्यसमिति चयन भएको छ । आज भएको चुनावले नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध अध्यक्षमा दोहोरिए भने रोशन सिंह उपाध्यक्ष र पदम खड्का कोषाध्यक्षमा निर्विरोध भए ।
सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् । उनी र प्रशानविक्रम मल्लबीच प्रतिस्पर्धा भएको थियो । पारसलाई चन्दको समर्थन रहेको थियो । पारसले ४८ मत पाए भने मल्लले ३७ मत पाए । ८५ मत खसेको थियो । पारस पहिलोपटक क्यानको राजनीतिमा उत्रिँदा बागमती अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
निर्वाचित सदस्यहरू
धिरेन्द्र सावद
विरेन्द्र चन्द
आयुस श्रेष्ठ
दुर्गा पाठक
अर्जुन पौडेल
दिवाकर घले
सुदिप शर्मा
विक्रम विष्ट
श्रीधर केसी
सुपिद मजगैँया
जयन्तीदेवी भट्ट