एन्फा महिला लिग : कर्णाली ४ गोलले पराजित

खबरदृष्टि सम्वाददाता २३ भाद्र २०८१, आईतवार १५:२१

सुर्खेत । एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले लगातार तेस्रो जीत हात पारेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४–० गोलले हरायो । कोशीका लागि पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र प्रतीक्षा राईले समान एक गोल गरिन् ।

यो जीतसँगै कोशी ३ खेलमा ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कर्णाली भने ३ खेलमा १ अङ्कसहित नवौं स्थानमा छ । प्रतियोगितामा आजै दिउँसो सवा ४ बजे बाग्मती युथ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । एन्फा महिला लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

Next Post

पूर्व मुख्यमन्त्री कार्कीले दिए अनशन बस्ने चेतावनी

२३ भाद्र २०८१, आईतवार १५:२१
विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ४८ घण्टाभित्र आफ्ना माग पूरा नगरे अनशन बस्ने चेतावनी दिएका छन्। आफ्नो कार्यकालमा शुरू भएका जनहितकारी योजनाहरू वर्तमान सरकारले रोक्दै आएको आरोप लगाउँदै उनले अनशन बस्ने चेतावनी दिएका हुन्।​ आइतबार बिहान सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै पूर्व मुख्यमन्त्री कार्कीले प्रदेशका १० वर्ष […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031