देशभर तीन दिन भारी वर्षाको चेतावनी : २० जिल्ला उच्च जोखिममा

सतर्क रहन सुझाव

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ११ आश्विन २०८१, शुक्रबार १३:०६

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनभरि देशभर भारी वर्षाको पूर्वानुमान गरेको छ। विभागका अनुसार, विभिन्न नदीहरूको बहावमा वृद्धि हुने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

विभागले मध्यम, उच्च र अति उच्च जोखिमका नदीहरूको सूची सार्वजनिक गर्दै, असोज ११ र १२ गते नारायणी, कन्काई, कमला, बागमती, पूर्वी राप्ती र पश्चिम राप्ती नदीहरूमा उच्च जोखिम रहने बताएको छ । विशेषगरी, नारायणी नदीमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने अपेक्षा गरिएको छ। त्यस्तै, कमला नदीमा ११ गते उच्च र १२ गते मध्यम जोखिम रहने जानकारी दिइएको छ।

विभागले २० जिल्लामा अति उच्च सतर्कता अपनाउन सिफारिस गर्दै, सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, तनहुँ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्जा र पर्वतका जिल्लाहरूमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरेको छ । असोज १४ गतेदेखि भने यो वर्षा प्रणाली कमजोर हुने अपेक्षा गरिएको छ। नदी तटीय क्षेत्रका नागरिकहरूलाई सावधानी अपनाउन र सुरक्षित स्थानमा जान सिफारिस गरिएको छ।

Next Post

चिङ्गाड गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको भवन उद्घाटन

११ आश्विन २०८१, शुक्रबार १३:०६
सुर्खेत । चिङ्गाड गाउँपालिका–५ अवलचिङ्गमा प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन उद्घाटन गरिएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज कार्यक्रमकाबीच यो भवनको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री कँडेलले नयाँ भवनबाट सेवा प्रवाह सुचारु भएपछि चिङ्गाडका जनतालाई स्वास्थ्यसम्बन्धी समस्याहरू समाधान गर्नमा सहजता हुने बताएका छन्। गाउँपालिका अध्यक्ष […]
July 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031