
दाङ। दाङमा वनभोजका लागि आएका यात्रु बोकेको बस आज बिहान दुर्घटना भएको छ। बिहान ७ बजे बर्दियाबाट दंगीशरण-३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया –तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा भएको हो।
दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिएका छन् । उनको अनुसार स्थानीले दुर्घटना भएको बारे प्रहरीलाई जानकारी गराएसँगै उक्त घटना स्थलमा प्रहरी गएको बताँएका छन् ।
प्रहरी घटना स्थलमा नपुगिसकेको कारण ‘घाइते कति जना हो र अवस्था के हो भन्ने खुल्न नसकेको केसीको भनाई छ । उनले भने ‘ तुलसीपुर बजारबाट एम्बुलेन्सहरू उद्धारका लागि पठाइएको छ।’ एसपी केसीले पनि दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए।
प्रकाशित मिति : २०८० पुस १५ गते आइतबार