जाजरकोटका विपन्न परिवारलाई नेप्कोनद्धारा खाद्यन्न सहयोग

खबर दृष्टि ३१ असार २०७८, बिहीबार १८:०५

सुर्खेत ३१ असार

नेपाल लगायत विश्वव्यापि रुपमा फैलिएको कोरोनाका कारण अप्ठेरोमा परेका जाजरकोटका विपन्न परिवारलाई दलित अधिकारको लागि अन्तराष्ट्रिय आयोगको पहलमा खाद्यान्न सहयोग गरिएको छ ।

अमेरीकन बार एसोसिएशनको आर्थिक सहयोग र भेरी नगरपालिका जाजरकोटको समन्वय, दलित गैर सरकारी संस्था माहासंघ जाजरकोट एवं दलित महिला सशक्तिकरण मञ्चको सहजिकरण र नेपाल पिडित समुदाय संरक्षण केन्द्र (नेप्सकोन), सुर्खेतको आयोजनामा खाद्यन्न सहयोग गरिएको हो ।

कोरोनाका कारण विश्वनै आक्रान्त भइरहेको र नेपाल पनि त्यसबाट अछुतो रहन नसकेको अवस्थामा दैनिक काम गरेर खाने मजदुरदेखि विपन्न बर्गलाई अझ बडी अप्ठेरो पारेकाले राहतस्वरुप खाद्यन्न सहयोग गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक धनमल विकेले बताए । ‘देश लकडाउनमा छ र दिनभरी काम गरेर खाने श्रमिकहरुको अवस्था भोकमारीले भयावह भएको छ ।’ विकेले भने, ‘फिल्ड सर्भेमा निरन्तरता दिदैं पारिवारिक विवरण, आफ्नो घरको अन्नपातले दैनिक जीवन निर्भाहको अवस्था, कोभिड भाइरसको जानकारी, कोरनटाइनको अवस्था, स्वास्थ्य कर्मीको अवस्थाको विश्लेषण समेत गरिरहेका थियौं । सोहि बमोजिम रुकुुम पश्चिमको सोति घटनाका सहिद परिवार नवराज विकको आमा उर्मिला विक, लोकेद्र विकको आमा लक्ष्मी विक लगायत दलित तथा विपन्न समुदायका घर परिवारलाई खाद्यान्न स्वरुप चामल, दाल, खानेतेल, आलु वितरण गरिएको हौं ।‘

संस्थाले कोभिड–१९, कर्णाली प्रदेश नेपालमा आपत्कालिन राहत सहयोग कार्यक्रम अन्तरर्गत भेरी नगरपालिका वडा नं. ३ र ४ मा ४२ घरधुरी र भेरी नपाको वडा नं. ११ को कटी गाउँको ३० अति विपन्न घरधुरी समेत गरेर जम्मा ७२ घरपरिवारलाई क्रमश खाद्यान्न सहयोग गरेको छ, साथै सहयोग वितरण कार्यक्रम क्रमश दैलेख, जुम्ला, मुगु र सुर्खेतमा समेत वितरण गर्ने संस्थाको लक्ष्य रहेको छ ।

भेरी नगरपालिका वडा नं. ३ का अध्यक्ष लिलाबहादुर शाहाको अध्यक्षतामा भएको कार्यक्रममा अतिथि भेरी नगरपालिकाकी उपप्रमुख भावना भण्डारी, विशेष अतिथि दलित गैसस महासंघका महासचिव एवं नेप्सकोनका अध्यक्ष श्री जेवी विश्वकर्मा रहेका थिए भने भेरी नगरपालिका वडा नं ११ कटिगाउँमा वडाध्यक्ष लक्ष्मि आचार्यको अध्यक्षतामा खाद्यन्न वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन नेप्कोन सुर्खेतका कार्यक्रम व्यवस्थापक धनमल विकेले गरेका थिए । यस्तै कार्यक्रमको कार्यक्रमको संयोजन दलित गैसस प्रदेशका अध्यक्ष तथा राहत कार्यक्रमका संयोजक गगन सिंह एल जी गरेका थिए ।

Next Post

कमरेड जलनको मदन भण्डारीलाई पत्र

३१ असार २०७८, बिहीबार १८:०५
प्रिय कमरेड मदन, अभिवादन ! तपाई स्वर्गवास भएको पनि २८ वर्ष पुगिसकेछ । हिजो अस्ति जस्तो लाग्छ तपाईंको त्यो शिंहको जस्तो गर्जन ! अनि सत्तासीन राजा वीरेन्द्रलाई ललकार्दै हिम्मत भए श्रीपेच खोलेर निर्वाचनमा आउन दिएको चुनौती ! अनि साम्राज्यवादी देश भारत र अमेरिकालाई आफ्नो देश विरुद्ध गतिविधि नगर्न दिएको चेतावनी […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031