राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई पदबाट बर्खास्त गर्न माग

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २६ बैशाख २०८१, बुधबार १६:१८
राष्ट्रपतिका सल्लाहकार डा. चिरञ्जीवी नेपाल

काठमाडौँ । एक सयको नोटमा संविधानमा उल्लेखित नक्सा (चुच्चे) राख्ने सरकारी निर्णयप्रति राष्ट्रपतिका सल्लाहकार डा. चिरञ्जीवी नेपालले विरोध जनाएको भन्दै विभिन्न क्षेत्रका व्यक्तिले उनलाई पदबाट बर्खास्त गर्न माग गरेका छन्।

पूर्वमन्त्री एवं भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल र लेखक तथा पत्रकार कनकमणि दीक्षितले संयुक्त वक्तव्य जारी गर्दै उनलाई पदमुक्त गर्न माग गरेका हुन्।

नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर पनि हुन्। उनले देशसञ्चार अनलाइन पोर्टलमा बैशाख २३ गते दिएको अन्तर्वार्तामा उक्त नक्सा प्रयोग गर्नुलाई सरकारको ‘अविवेकको निर्णय’ बताएका थिए। साथै बैशाख २४ गते बीबीसी नेपाली सेवासँगको कुराकानीमा पनि सरकारको उक्त निर्णयलाई लहडुको संज्ञा दिएर सार्वभौमिकताबारे थप अपरिपक्व टिप्पणी गरेको उनीहरूको भनाइ छ।

अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले एक सयको नयाँ नोट मुद्रणमा स‌ंविधानमा उल्लेखित नेपालको नयाँ नक्सा समावेश गर्ने निर्णय गरेको थियो। त्यस लगत्तै भारतका विदेशमन्त्री एस जयशंकरले नेपाल सरकारको एकपक्षीय निर्णयले भौगोलिक अवस्था नबदलिने अभिव्यक्ति दिएका थिए।

Next Post

३५ मजदुर मारिएको विमानस्थल परीक्षण उडानमै सीमित

२६ बैशाख २०८१, बुधबार १६:१८
कुलेन्द्र शाही, सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिकामा–१ कोटबाडामा रहेको सुनथराली विमानस्थल निर्माण थालिएको ३९ वर्ष निर्माणको काम पुरा भएको थियो । वि.सं. २०४२ सालमा निर्माण गर्न थालिएको विमानस्थल ३९ वर्षमा पुरा भएपनि परीक्षण उडानमा मै सीमित भएको छ । विमानस्थल निर्माणको काम थालिएको झण्डै चार दशक लामो समय बितेको मात्रै […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031