गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २८ जेष्ठ २०८१, सोमबार १५:३६

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर मुद्धामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै थप प्रमाण मगाउने आदेश दिएको हो ।

संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश दिएको छ । यस अघि सर्वोच्चले कास्की सूर्यदर्शन सहकारी ठगीबारे गृहमन्त्री लामिछानेविरुद्ध परेको जाहेरीको प्रतिलिपि समेत झिकाएको थियो ।

गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईसहित सर्वोच्च अदालतमा गत सोमबार रिट दर्ता गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालय,महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ ।

Next Post

वीरेन्द्रनगरका लेखा अधिकृत हरि क्षेत्रीकाे हृदयघातबाट निधन

२८ जेष्ठ २०८१, सोमबार १५:३६
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको हृदयघातका कारण निधन भएको छ । आज विहान ११ः३० बजेको समयमा ४८ वर्षीय क्षेत्रीको प्रदेश अस्पताल कालागाउँमा निधन भएको हो । आज बिहान ९ बजे उनी वीरेन्द्रनगरको बुलबुलेमा डुंगा उद्घाटन कार्यक्रममा उद्धोषण गरेका थिए। कार्यक्रम समापनपछि छाती दुख्यो भन्दै गाडीसम्म हिडेरै आएका […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031