कैलाली । कैलालीमा कर्णाली नदीको जलसतह सतर्कता तह पार भएको छ । आइतबार साँझ कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त स्थानमा जलसतह बढ्दो क्रममा रहेको भन्दै विभागले कैलाली र बर्दियामा भोलि बिहानसम्म सतर्कता अपनाउन सचेत गराएको छ ।
“असार २३, साँझ ०६ः५० बजे । कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा हाल जलसतह (१०मि) सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले कैलाली र बर्दियाको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले भोलि बिहानसम्म सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।