
बाँके । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरी नजिक स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। कोहलपुरको ज्ञानकुञ्ज स्कुलको बसले ढकेरी नजिक झिझिरी खोला अगाडि २६ वर्षीय गोविन्द वलीलाई ठक्कर दिएको हो।
बसको ठक्करबाट वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । वलीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बसले ठक्कर दिँदा आधा दर्जनभन्दा बढी बाख्रा मरेका छन्। बाँके प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति : २०८१ साउन २४ गते बिहीबार