बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २८ श्रावण २०८१, सोमबार ११:१५

भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन्। काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा प्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन्।

घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। घाइतेमध्ये चारजनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छ जनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ।

प्रहरीले बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ

Next Post

कर्णालीमा तत्काल युवा नीति बन्नेछ : मन्त्री भण्डारी

२८ श्रावण २०८१, सोमबार ११:१५
सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा तत्काल युवा नीति ल्याउने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रदेशमा युवा नीति आवश्यक भएको बताएका हुन् । प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर हुँदा चाहेजस्तो काम गर्न नसके पनि आफ्ना प्रयासहरू भने निरन्तर […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930