नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनिदिन प्रस्ताव गरेका छन् ।
आज केहीबेर अघि प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष ओली बीच भएको भेटवार्ता लगत्तै ओलीलाई भेट्न पुगेका अध्यक्ष दाहालले ओलीलाई पुनः प्रधानमन्त्री बनिदिन भन्दै प्रस्ताव राखेका हुन। एमाले प्रमुख सचेतक विशाल भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको पुष्टि गरे ।
‘उहाँले (प्रचण्ड)को तपाई (केपी ओली) प्रधानमन्त्री भइदिनुस्, हामी सहयोग गर्छौं भन्ने प्रस्ताव छ,’ भट्टराईले भने , ‘अहिले हामी प्रधानमन्त्री खोज्ने भन्दापनि देशको निकास कसरी दिने भन्नेमा छाै,’ भट्टराइले भने ।
आज बेलुका सात बजे प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच निर्णायक वार्ता हुँदैछ।