चर्चित हास्य कलाकार ‘इकु’ पक्राउ

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २६ भाद्र २०८१, बुधबार १४:०८

काठमाडौं। कलाकार सुलेमान शंकर (इकु) पक्राउ परेका छन् । सुलेमान शंकर इकु भनेर चिनिने तर वास्तविक नाम सुर्यमान शंकर रहेका व्यक्ति ठगीको आरोपमा प्रहरी फन्दामा परेका हुन् । उनले कलाकार भिसामा युरोप पठाउँछु भनेर प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ लिने गरेको पाइएको छ ।

इकुले विभिन्न देशमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी ठगी गर्दै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

विशेषगरी भौगोलिक रुपमा विकट क्षेत्रका मानिसहरुलाई युरोपेली मुलुकहरुमा राम्रो काम पाइने र आम्दानी समेत सोही अनुरुप आकर्षक हुने प्रलोभन देखाई ठगेको प्रहरीले जनाएको छ । इकुले आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्मसको नाममा रहेको ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखी २० लाख रुपैयाँसम्म रकम जम्मा गर्न लगाउने गरेको पाइएको छ ।

रकम जम्मा गर्ने व्यक्तिहरुले कलाकार भिसामा विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु समेत नक्कली बनाउने, रकम जम्मा गर्ने पिडितहरुले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ तयारी भएपछी खबर गर्छु भनी पडितहरुलाई लामो समयसम्म झुलाउने गरेको पाइएको छ ।

इकुलाई भदौ २५ गते काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३, हात्तिगौंडाबाट पक्राउ गरी जिल्ला अदालत काठमडौंबाट दिन अनुसन्धानका लागि ५ दिनको म्याद थपेको सीआईबीले जनाएको छ ।

Next Post

१० जना नेपाली बालबालिका भारतबाट उद्धार गरेर ल्याइँदै

२६ भाद्र २०८१, बुधबार १४:०८
काठमाडौं। बालश्रम र बेचबिखनमा परेका १० जना नेपाली बालबालिकालाई भारतबाट उद्धार गरेर नेपाल ल्याइँदै छ। दिल्ली आसपासका जिल्लाहरूबाट बालश्रममा खटाइएका ७ जना बालक र बेचबिखनमा परेका ३ बालिकालाई उद्धार गरेर नेपाल ल्याउन लागेको हो। उनीहरू १० देखि १७ वर्ष उमेर समूहका छन्। उनीहरूलाई बुधबार साँझसम्म रूपन्देहीको जिल्ला प्रशासन कार्यालय ल्याइसक्ने […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031