२०८३ भदौ ७ , आइतबार

पत्रकार महासंघको चुनाव फेरि सर्‍यो



काठमाडौँ। नेपाल पत्रकार महासंघको चुनाव मिति फेरि सरेको छ। यसअघि असोज ५ गतेका लागि जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि चुनाव मिति तोकिएको थियो। यसबीचमा अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका थिए।

वरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले कार्यवाहक अध्यक्ष छन्। उक्त समितिले अब असोज १२ गते शनिबारका दिन चुनाव गर्ने गरी मिति तोकेको हो। महासंघले यसअघिका अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची शुक्रबार निर्वाचन समितिलाई हस्तान्तरण गरेको जनाएको छ।

महासंघको तर्फबाट असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको कार्यवाहक अध्यक्ष विष्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मतदाता सूची भने भदौ २९ गते शनिबार सार्वजनिक हुनेछ।

विज्ञप्ति:

May be an image of text

प्रकाशित मिति : २०८१ भदौ २८ गते शुक्रबार