आजदेखि सुकिला नोट सटही गर्न पाइने

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १३ आश्विन २०८१, आईतवार ११:२३

काठमाडौं । यस वर्ष दसैं, तिहार र छठका लागि आजदेखि राष्ट्र बैंकले सर्वसाधारणका लागि सुकिला नोट सटही सुविधा दिने भएको छ। नेपाल राष्ट्र बैंकले यसअघि सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको थियो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ। राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंकले जनाएको छ।

साथै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ। हरेक वर्ष दसैंका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले यसपटक सुकिला नोट मात्र दिने भएको हो।

Next Post

कर्णालीमा अल्लो उत्पादनको सम्भावना : तालिमले सिर्जना गर्छ स्वरोजगारका अवसर

१३ आश्विन २०८१, आईतवार ११:२३
सुर्खेत । कर्णाली प्रदेश अल्लो उत्पादनमा प्रमुख स्थानमा रहेको छ । तर यहाँको अल्लो प्रायः जङ्गलमा नष्ट हुने गरेको छ । यस समस्यालाई सम्बोधन गर्दै हालै कर्णालीका सात पालिकामा अल्लो संरक्षण, संकलन र प्रशोधनको लागि सीपमूलक तालिम सम्पन्न गरिएको छ । जसमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका, दैलेखको नारायण […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031