२०८३ भदौ २३ , मंगलबार

प्रचण्ड सुर्खेत आएकै दिन कर्णालीका सांसद बिष्टले माओवादी पार्टी र सांसद पद त्यागे



प्रचण्ड सुर्खेत आएकै दिन कर्णाली प्रदेश सभा सदस्य एवम् नेकपा माओवादीका चर्चित नेता ठम्मर बिष्टले पार्टी छाेडेका छन् । कर्णाली प्रदेश सभा सदस्य बिष्टले माओवादी पार्टीमा आफुलाई विगतदेखि नै कर्नरमा पारिदै आएकाे भन्दै प्रदेश सदस्य र पार्टीका सवै जिम्मेवारीवाट आफुलाई मुक्त गरेको प्रतिकृया दिएका छन्।
बिष्टले आफ्नाे राजीनामा कर्णाली प्रदेश सभामा दर्ता गरिसकेका छन्।  कर्णाली सभामा वाैद्धिक छवि र राम्रो जनमत समेत वनाएका विष्टको पार्टी छाेड्ने घाेषणाले माओवादी पार्टीमा ठूलै तरङ्ग ल्याएकाे छ।
काठमाडौंमा रहेका विष्टले एमसीसी पास गर्ने प्रचण्डकाे निर्णयले अमेरिकी साम्राज्यवादकाे पृष्ठपाेषण गरेको आराेप लगाए। आगामी दिनमा कसरी अगाडि वढ्ने भन्ने वारेमा आफु निकटका साथीहरूसंग सल्लाह गरेर अघि वढ्ने जानकारी दिए।

प्रकाशित मिति : २०७८ फागुन २७ गते शुक्रबार