प्रधानमन्त्री भन्छन्- ‘राजावादीभन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो हुन्छ’

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ३० चैत्र २०८१, शनिबार १६:३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते भएको राजावादीको प्रदर्शनमा भएको विध्वंशको चर्को आलोचना गरेका छन्। शनिबार झापामा आयोजित नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै उनले राजावादीहरु लक्षित कटाक्षसमेत गरे।

‘तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौं भनेको के को सभा गर्थे,’ उनको भनाइ छ, ‘आगजनी, तोडफोड गर्दै, ढुंगा मुढा गर्दै, घर फोड्दै, उद्योगधन्दाहरुमा आगो लगाउँदै, अरुका पसलहरु लुट्दै, क्रान्ति गर्ने, खुब ठूला परिवर्तन ल्याउने त रक्सिका बोतल चोर्दै भाग्दै गरेका,स्याउ चोरेर भाग्दै गरेका, औषधी कारखाना आगो लगाउँदै गरेका, यस्ताले बनाउँछन् देश ?’

राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउनु राम्रो भएको टिप्पणी समेत उनले गरे। ‘राजा फर्काउने अरे,’ ओलीको भनाइ छ, ‘राजा फर्काएपछि ती प्रधानमन्त्री, मन्त्री बन्ने अरे। तिनीहरुलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ।’

प्रधानमन्त्री ओलीले तोडफोड, आगजनी जस्ता कुरा अब स्वीकार्य नहुने समेत चेतावनी दिए। ‘तोडफोड, आगजनी, हिंसा, हत्या,’ उनले भने, ‘यस्ता कुराहरु अब स्वीकार्य हुँदैन। देशलाई संविधान र कानुन बमोजिम अगाडि बढाइन्छ।’

Next Post

रास्वपा नेतृ प्रियाकुमारी राई एमाले प्रवेश

३० चैत्र २०८१, शनिबार १६:३३
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले) मा प्रवेश गरेकी छिन्। नेकपा (एमाले) को झापा जिल्ला कमिटीले शनिबार दमकमा आयोजना गरेको जागरणसभामा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई एमालेमा स्वागत गरेका हुन्। राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन्।
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031