रवि लामिछानेको रिटमाथिको बहस सकियो, आजै आदेश आउने

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ३१ चैत्र २०८१, आईतवार १५:३५

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी कसुरमा पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको बहस सकिएको छ ।

लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार जिल्लाको आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सोही दिन उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनी भैरहवा कारागारमा रहेका छन् ।

उनले दायरको गरेको रिट न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा थियो । बहस सकिएकाले आजै सोबारे आदेश आउनेछ ।

Next Post

कर्णाली सरकारकाे ‘आयोजना बैंक’ मा प्रस्तावनाका ओइरो

३१ चैत्र २०८१, आईतवार १५:३५
सुर्खेत । कर्णाली प्रदेश सरकारले दशवटै जिल्लामा योजना छान्ने क्रम अन्तिम चरणमा पु¥याएको छ । शुरूमा वडाबाट पालिका, पालिकाबाट जिल्ला र जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरूको समितिमा योजना पठाउने क्रम अन्तिम चरणमा पुगेको हो । विगतमा योजना छनौटमा ‘विचौलिया’ हाबी हुने र योजना आफूले ल्याएको भन्दै ‘कमिशन’ खाने गरेको […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930