२०८२ मंसिर २२ , सोमबार

रवि लामिछानेको रिटमाथिको बहस सकियो, आजै आदेश आउने



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी कसुरमा पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको बहस सकिएको छ ।

लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार जिल्लाको आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सोही दिन उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनी भैरहवा कारागारमा रहेका छन् ।

उनले दायरको गरेको रिट न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा थियो । बहस सकिएकाले आजै सोबारे आदेश आउनेछ ।

प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार