बर्दियाको भादा नदीमा बेपत्ता युवकको शव भेटियो

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १२ बैशाख २०८२, शुक्रबार १०:३९

बर्दिया । बर्दियाको भादा नदीमा बेपत्ता युवकको शव भेटिएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार वैशाख १० गते बर्दियाको गुलरिया नगरपालिका-५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता १९ वर्षीय सृजन पोख्रेलको शव आज (वैशाख १२) गते बिहान फेला परेको हो।

सशस्त्र प्रहरीको गोताखोरले नदीबाट शव निकालेको उनले नेपालखबरलाई जानकारी दिए। नुहाउने क्रममा युवक बेपत्ता भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नं। ३१ गण बर्दियाबाट गोताखोरसहितको सुरक्षा फौज उनको खोजीमा खटिएको थियो।

Next Post

सरकार र शिक्षक बीचको वार्ता सकियो, के भयो सहमति ?

१२ बैशाख २०८२, शुक्रबार १०:३९
काठमाडौँ। २५ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा भएको पहिलो चरणको वार्ता सकिएको छ। काठमाडौंमा आन्दोलित शिक्षकका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्तको आह्वानमा शनिबार बिहान भएको वार्ता सकारात्मक ढंगले अगाडि बढेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। ‘छलफल भयो। फेरिफेरि छलफल गर्ने गरी अहिलेको छलफल सकिएको […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031