
काठमाडौँ । खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पालिका सभापति एमालेमा प्रवेश गरेका छन्। रास्वपाको रावाबेँसी गाउँपालिका सभापति कृष्ण पाण्डे एमाले प्रवेश गरेका हुन्।
बैसाख ३१ गते डुम्रेधारापानीको धैरेनीटारमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलाको अवसरमा पाण्डेले एमाले प्रवेश गरेको एमाले पोलिटव्युरो सदस्य एवं खोटाङ इन्चार्ज विशाल भट्टराईले जानकारी दिए । नवप्रवेसी पाण्डेलाई पोलिटव्युरो सदस्य भट्टराईले पार्टीमा स्वागत गरेका थिए।
पाण्डेले रास्वपाको सिंगो पालिका कमिटि एमालेमा समाहित भएको बताएका छन्। नयाँ भनिएकाहरु विभिन्न ठगीमा संलग्न भएका र राजनीतिमा अपरिपक्व रहेकोले मुलुकको नेतृत्व गर्न असमर्थ रहेको भन्दै आफुहरु एमालेमा फर्केको उनको भनाइ छ
प्रकाशित मिति : २०८२ जेठ १ गते बिहीबार