
राजकुमार गुप्ता । फाइल तस्बिर
ठमाडौं । ‘घुस डिल’ गरेको सम्बन्धी अडिओ सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। सोमबार बिहान करिब पौने ११ बजे मन्त्री गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको थियो। प्रधानमन्त्री ओलीले मन्त्री गुप्तासँग यसबारे कुराकानी गर्न लागेका हुन्। प्रधानमन्त्रीले मन्त्री गुप्तालाई पदबाट राजीनामा दिन भन्ने र नमाने आजै बर्खास्तको तयारी गरेको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ।
यसअघि पनि प्रधानमन्त्री ओलीले सोधखोज गरेका थिए । मन्त्री गुप्ताले आफूलाई फसाउने नियतले पैसाको पोको नै मन्त्री क्वार्टरमा छोडेर अडियो बनाएको दाबी गरेका थिए । मन्त्री गुप्ता नेकपा (एमाले) का सांसद र केन्द्रीय सदस्य पनि हुन्।