२०८३ वैशाख ४ , शुक्रबार
कुलिङ पिरियड प्रकरण

रामहरि खतिवडाले दिए समिति सभापतिबाट राजीनामा



काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेर उनले पदबाट राजीनामा दिएका हुन् । ‘विधेयकमा मेरो हस्ताक्षर भएको हुँदा जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो’ उनले भने।

संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडसम्बन्धि व्यवस्थामा चलखेल गरी निष्प्रभावी हुने भाषा घुसाएपछि उनको आलोचना भएको थियो। यस विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको थियो।

समितिले २७ दिनको अध्ययनपछि प्रतिवेदन तयार पारेर साउन २० गते खतिवडासहितलाई जिम्मेवार ठहर गरेको थियो। खतिवडाले आजको संसद् बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरे, कांग्रेस प्रमुखसचेतक श्यामकुमार घिमिरेसहितलाई भेटेका थिए।

प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार