२०८३ वैशाख २ , बुधबार

कालिकोटमा सवारी दुर्घटनामा परि सुर्खेतका एकको मृत्यु



सुर्खेत १४ असोज

सुर्खेतको छिन्चुवाट कुखुरा वोकेर जुम्लातर्फ गैरहेको लु २ च २४१२ नं को वोलेरो जिप कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ खल्लागाड नजिक पुलवाट खस्दा घटानास्थलमै एक जनाको मृत्यु भएको छ ।
घटनामा परि सुर्खेतको भेरीगंगा नगर पालिका वडानं ६, मसिना जाजरकोटी टोलका ३० वर्षिय कर्णवहादुर खड्काको मृत्यु भएको हो । मंगलबार दिउँसो ३ वजेर ५० मिनेट जादा गाडी दुर्घटनामा परेको थियो। सडकमा साईकल चलाईरहेका स–साना वालकहरुलाई साईड दिन खोज्दा अनियन्त्रित भै जिप ३०र४० फिट तल खोलामा खसेर टुक्राटुक्रा भएको थियो ।
घटनामा सहचालक दिपक डांगी सामान्य घाइते भएको र उनको जिल्ला अस्पताल कालिकोटमा उपचार भैरहेको कालिकोट प्रहरी प्रमुख चक्रवहादुर शाहले खवरदृष्टिलाई जानकारी दिए । प्रमुख शाहले मृतक खड्काको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाई सुर्खेत पठाईएको समेत जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधबार