कार्यकक्षमै छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

खबर दृष्टि
खबरदृष्टि संवाददाता १६ भाद्र २०८२, सोमबार १३:१६

उदयपुर । कार्यकक्षमै छात्रा बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिकामा छात्रा विद्यालयमै बलात्कृत भएकी हुन् । बेलका नगरपालिका–२ शिवालय टोल घर भएका ४७ वर्षिय प्रिन्सिपल युवराज श्रेष्ठलाई १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । पीडितको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

उदयपुरको बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलकी एक छात्रा विद्यालयमै बलात्कृत भएकी हुन् । १४ वर्षीया छात्रामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले प्रधानाध्यापकलाई श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए ।

प्रहरीका अनुसार प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १० बजेर ४५ मिनेटमा आङ्खनै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएकी थिइन् । उजुरी दर्ता भए लगत्तै श्रेष्ठलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Next Post

कर्णाली सरकारको २८ करोडको पर्खाल निर्माण गर्ने निर्णय खारेज गर्न सांसद शाहीको माग

१६ भाद्र २०८२, सोमबार १३:१६
सुर्खेत । कर्णाली प्रदेश सरकारले मन्त्रालय परिसर वरिपरि करिब २।५ किलोमिटर पर्खाल निर्माणका लागि २८ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेपछि प्रदेश सभा सदस्य सन्तोषी शाही ठकुरीले तीव्र आपत्ति जनाएकी छन्। उनले मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै यस्तो निर्णयले सम्पूर्ण कर्णालीका नागरिकमाथि गम्भीर प्रश्न खडा गरेको आरोप लगाइन्। ‘विद्यालय […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930