एमाले विधान महाधिवेशनको तयारी : आज च्यासलमा पत्रकार सम्मेलन

खबर दृष्टि
खबरदृष्टि संवाददाता १८ भाद्र २०८२, बुधबार १०:३५

काठमाडौं । विधान महाधिवेशनको तयारीको विषयमा जानकारी दिन नेकपा (एमाले)ले बुधबार पत्रकार सम्मेलन गर्दैछ । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार बुधबार दिउँसो २ बजे पत्रकार सम्मेल हुन लागेको हो । पार्टी कार्यालय च्यासलमा हुने पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेललगायत शीर्ष नेता उपस्थित हुनेछन्।

एमालेले दोस्रो विधान महाधिवेशन भदौ २०–२२ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा गर्दैछ । विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन बुधबार पत्रकार सम्मेलनको आयोजना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । विधान महाधिवेशन तयारीका लागि एमाले सचिवालय बैठक भने बिहीबार बस्दैछ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबार चीनबाट स्वदेश फर्किने भएपछि सचिवालय बैठक बिहीबारका लागि तोकिएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको हो ।

गौतमका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत हुने उनको भनाइ छ ।

Next Post

जुम्लाबाट अफिम होइन स्याउ आउँछ, गाडीलाई अनावश्यक चेकजाँच गरेर दुःख नदिनु : सांसद शाही

१८ भाद्र २०८२, बुधबार १०:३५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाबाट ल्याएको गाडीलाई कतै पनि चेक नगर्न गृहमन्त्रीसँग आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै उनले ठाउँठाउँमा स्याउका गाडी रोकेर किसानसँग एक सय रुपैयाँ घुस लिने गरेको पाइएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले भने, ‘जुम्लाबाट अफिम होइन स्याउ आउँछ, […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930