आज राति खग्रास चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल ?

खबर दृष्टि
खबरदृष्टि संवाददाता २२ भाद्र २०८२, आईतवार ०९:०२

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ । यो २०८२ सालको पहिलो चन्द्र ग्रहण हो । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा स्पर्श हुने चन्द्रग्रहण ११ बजेर ५६ मिनेटमा मध्य हुनेछ । यसैगरी १२ बजेर ३८ मिनेटमा उन्मीलन तथा राति १ बजेर ४१ मिनेटमा मोक्ष हुने बताइएको छ ।

जम्मा ३ घण्टा ३० मिनेट रहने ग्रहणमा १ घण्टा २३ मिनेट खग्रास रहने समितिले जनाएको छ । आजको ग्रहण नेपाल, भारतलगायत एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने छ । साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उनले बताए । ०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

शास्त्रीय मान्यताअनुसार आज दिउँसो १ बजेर ११ मिनेटदेखि बालबालिका, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । चन्द्रग्रहणको अवधिमा मन्त्र जप, दान, स्नान गर्नुलाई राम्रो मानिन्छ भने सुत्ने, खाने, मैथुनलगायतका कार्यलाई बर्जित गरिएको छ ।

चन्द्र ग्रहणको फल कुन राशिलाई कस्तो ?
मेष– लाभ
वृष– सुखम्
मिथुन– माननाश
कर्कट– कष्टम्
सिंह– स्त्रीपीडा
कन्या– सौख्यम्
तुला– चिन्ता
वृश्चिक– व्यथा
धनु– श्रीप्राप्ति
मकर– क्षति
कुम्भ– घात
मीन– व्यय

Next Post

जुम्लाको अर्ग्यानिक स्याउको स्वाद राजधानी शहरसम्म, ब्रान्डिङमा सांसद शाही सक्रिय

२२ भाद्र २०८२, आईतवार ०९:०२
सुर्खेत । जुम्लाका आठ स्थानीय तहका स्याउ किसानलाई यति बेला बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा स्याउ टिप्न सुरु गरिएको छ । स्याउ व्यापारी घरमै आएर खरिद गर्न समेत थालेका छन् । करिब एक सय बढी स्याउका बिरुवा लगाएकामध्ये ५० प्रतिशत स्याउका बिरुवाले […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930