भीआईपी निवासलाई लक्षित गर्दै काठमाडौंका पाँच ठाउँमा कर्फ्यु

खबर दृष्टि
खबरदृष्टि संवाददाता २३ भाद्र २०८२, सोमबार १३:२२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीआईपी निवासआसपासमा पनि कर्फ्यु लगाएको छ। यसअनुसार दिउँसो १ बजेदेखि राष्ट्रपति बस्ने शीतलनिवास, उपराष्ट्रपति बस्ने लैनचौर, नारायणहिटी दरबार संग्रहालय क्षेत्र र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो। शीतलनिवास महाराजगन्ज क्षेत्रमा उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानअगाडिको चोकसम्म, पूर्वदक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कर्फ्यु लागेको छ।

त्यसैगरी हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रतर्फ केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म कर्फ्यु लागेको छ। नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटदेखि महेन्द्र शालिकसम्म कर्फ्यु जारी भएको छ।

यता सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिर (तीनकुने आइल्यान्ड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबार उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यु जारी भएको छ।

यसबाहेक प्रशानले संसद् भवन आसपासका क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिसकेको छ। जेनजी प्रदर्शनले निषेधित क्षेत्र तोड्दै बानेश्वरकेन्द्रित भएपछि भीड प्रहरी नियन्त्रणबाहिर पुगेको थियो। सो क्रममा प्रदर्शनकारी संसद्को गेट नाघेर भवनभित्रै छिरेका हुन्।  प्रहरीले अश्रुग्यास र हवाइ फायर गर्दा समेत भीड नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वरचोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म कर्फ्यु आदेशजारी भएको छ। यसअवधिमा आवतजावत, भेला, जुलुस, घेराउलगायतका काम गर्न नपाइने भनिएको छ।

Next Post

प्रहरीको गोली लागेर फोटो पत्रकार घाइते

२३ भाद्र २०८२, सोमबार १३:२२
काठमाडौं । जेन जीको आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले चलाएको रबरको गोली लाग्दा पत्रकार घाइते भएका छन् । ‘नयाँ पत्रिका’का फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई रबरको गोली लागेपछि तत्कालै उपचारका लागि अस्पताल पुर्याइएको छ । यस्तै, नेपाल प्रेसका उमेश कार्कीलाई समेत गोलीको छर्रा लागेर सामान्य चोट लागेको छ । उनले आन्दोलनमा सहभागी […]

सम्बन्धित समाचार

September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930