काठमाडौं। जेनजी आन्दोलन हिंसात्मक बनेपछि राजधानीका विभिन्न अस्पतालमा उपचाररत घाइतेको संख्या १४९ भन्दा बढी पुगेको छ। तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने २२ जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्पतालबाट विवरण यसप्रकार छः
सिभिल अस्पताल : १०० भन्दा बढी घाइते, २ मृत्यु
ट्रमा सेन्टर : ४६ घाइते, ६ मृत्यु, ४ गम्भीर
एभरेस्ट अस्पताल : २४ घाइते, ३ मृत्यु
केएमसी : २१ घाइते, २ मृत्यु, ८ गम्भीर
त्रिवि शिक्षण अस्पताल : १८ घाइते, १ मृत्यु, ६ गम्भीर
पाटन अस्पताल : घाइते उपचाररत, तर मृत्यु भएको रिपोर्ट छैन
यो सहित मृतकको संख्या १४ पुगेको छ भने घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ। अस्पतालहरूमा अझै घाइतेहरू निरन्तर भर्ना भइरहेका कारण मृतक र गम्भीर घाइतेको संख्या बढ्न सक्ने आशंका गरिएको छ