कञ्चनपुरमा जेन–जी आन्दोलन उग्र : सरकारी तथा पार्टी कार्यालय तोडफोड

खबर दृष्टि
खबरदृष्टि संवाददाता २४ भाद्र २०८२, मंगलवार ११:००

कञ्चनपुर । जेन-जीले सुरु गरेको आन्दोलन देशव्यापी बन्दै गएको छ। दोस्रो दिन मंगलबार बिहानैदेखि काठमाडौँ उपत्यकासँगै बाहिरी जिल्लामा पनि प्रदर्शन चर्किएको हो। यसै क्रममा कञ्चनपुरका पनि विभिन्न ठाउँमा युवा विरोधमा उत्रिएका छन्। महेन्द्रनगरमा टायर बालेर युवा प्रदर्शनमा उत्रिएका छन्।

आक्रोशित युवाले सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालय निसाना बनाएका छन्। अख्तियार दूरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयमा आक्रोसित युवाहरुले ढुंगामुडा गर्दै तोडफोड गरेका छन् । नेकपा एमाले र नेपाली काग्रेसको जिल्ला पार्टी कार्यालयमा आगो झोस्ने प्रयास गरेका छन्।

दुवै पार्टी कार्यालय परिसरमा टायर बालेर आगो लगाउने कोसिस भएको छ। भीमदत्त नगरपालिका मूल प्रवेश द्वारमा ढुङ्गामुढा गरिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कञ्चनपुरका चोक चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। कञ्चनपुरको महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प छन्। जेन जेडको आन्दोलनमा सरकारी दमनमा युवाहरुको ज्यान गएपछि श्रद्धाञ्जली अर्पण गर्दै यातायात सेवा बन्द गरिएको छ।शैक्षिक संस्था र बजार पनि बन्द गरिएको छ।

Next Post

सुर्खेतमा जेन–जीको आक्रोश : तीन दलका कार्यालय घेराउ

२४ भाद्र २०८२, मंगलवार ११:००
सुर्खेत । आइतबार सरकारको अत्यधिक बल प्रयोगबाट १९ जनाको मृत्यु भएको घटनाप्रति विरोध जनाउँदै सुर्खेतमा जेन–जी आन्दोलित भएका छन्। सोमबार बिहानैदेखि कर्णाली प्रदेशसभा र मुख्यमन्त्रीको निवासअघि प्रदर्शन सुरु गरेका उनीहरूले अहिले प्रमुख तीन दलका पार्टी कार्यालयलाई घेराउ गरेका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका जिल्लास्तरका कार्यालयअगाडि पुगेका […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930