जाजरकोट । कर्तब्य ज्यान मुद्दामा सजाय भोगिरहेका फरार कैदी जाजरकोटमा पक्राउ परेका छन्। शनिबार दिउँसो १ बजेतिर शिवालय गाउँपालिका–९ बस्ने २३ वर्षीय ज्ञानु बादीलाई प्रहरीले पक्राउ गरेको हो। उनी गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा नौवस्ता कारागार कार्यालय बाँकेबाट भागेर फरार भएका थिए।
बादी शिवालय गाउँपालिका–१ मोर्कस्थित आफन्तको घरमा लुकेर बसेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी छेडाचौरबाट प्रहरी नायब निरीक्षक अर्जुन खड्काको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरि राम डाँगीले जानकारी दिए। पक्राउ परेका बादीलाई आइतवार कारागार सुरक्षागार्ड जाजरकोटमा बुझाएको प्रहरीले जनाएको छ।