भेरीगंगाको पाडुलेमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ६ आश्विन २०८२, सोमबार १४:३२

सुर्खेत । सुर्खेतमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । रत्न राजमार्गअन्तर्गत छिन्चु–धुलियाविट सडक खण्डको पाडुलेमा ना ५ ख ५६०८ नम्बरको ट्रकले लुम्बिनी प्रदेश ०३–००१ प ३६३१ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ। मृतक युवकको पहिचान भने खुल्न बाँकी रहेको छ। त्यसैगरी मोटरसाइकलमा पछाडि सवार अछाम पञ्चदेवल विनायक नगरपालिकाका १८ वर्षीय दमन शाही घाइते भएका छन्।

उनको हाल प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको र ठक्कर दिने ट्रकलाई  नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

Next Post

ऐतिहासिक जाजरकोट दरबारमा विधिपूर्वक राखियो जमरा

६ आश्विन २०८२, सोमबार १४:३२
जाजरकोट । ऐतिहासिक जाजरकोट दरबारमा सोमबार घटस्थापनाको अवसर पारेर विधिपूर्वक जमरा राखिएको छ । नेपाल पञ्चांग निर्णायक समितिले तोकेको साइतअनुसार सोमवार बिहान ९ बजेर १३ मिनेटमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजुप्रसाद पौडेलसहित स्थानीय सरोकारवालाहरूको उपस्थितिमा दरबारमा जमरा राखिएको हो । भूकम्पका कारण जीर्ण बनेको दरबारमै परम्परा अनुसार पञ्चेबाजासहित जमरा राखिएको […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031