लिचि बगान घूस प्रकरण : दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खबर दृष्टि
खबरदृष्टि संवाददाता २२ आश्विन २०८२, बुधबार १६:४३

काठमाडाैँ । अख्तियार दुरुयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लेनदेन भएको विषयमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले बुधबार विशेष अदालत काठमाडौँमा गुप्तासहति तत्कालीन सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, कास्की मालपोत अधिकृत प्रतिवादी रामचन्द्र अधिकारी, घर जग्गा व्यवसायीका परिचय बनाएका बिचौलिया सुजन कुमार तामाङविरुद्ध मुद्दा दायर गरेको हो।

त्यस्तै आयोगले याम कुमारी गुरुङ र तुल्सीराम बुढा मगरविरुद्ध ७८ लाख घुस लेनदेनमा संलग्न रहेको भन्दै मुद्दा दायर गरेको हो। पोखरा महानगरपालिका वडा १६ ९साविक बाटुलेचौर १० मा रहेको दिप विर्ता (लिची बगैचा) नामसारीका क्रममा घुस लिएको आरोपमा मुद्दा दायर गरिएको हो। अदालतको फैसला बमोजिम दुर्गादेवी शाहको हकवालाहरु सुरज शाह ठकुरीसहितका हकदारहरुका नाममा नामसारी गर्न निवेदन परेपछि बिचौलियाको चञ्गुलमा परेर घुस लेनदेन भएको थियो।

मन्त्री गुप्ताले सुरुमा ५३ लाख घुस लिएको र भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएपछि आयोगले छानबिन थालेको थियो। अख्तियारले सातै जनालाई ७८ लाखका दरले बिगो कायम गरेको छ। मालपोत अधिकृत अधिकारी भूमी व्यवस्था मन्त्रलायले सरुवा गरेर लम्जुङ पुर्याए पनि लिचि बारीको काम गर्न उनको सरुवा रोक्न मन्त्री गुप्ताले ५३ लाख घुस बुझेका थिए।

भूमी मन्त्रालयले चिरञ्जीवी पौडेल कास्कीको मालपोत अधिकृत बनाउने निर्णय ५३ लाख घुस पछि उल्टिएको थियो। बिर्ता जग्गा दर्ता भएपछि दुर्गादेवी शाहको हकवालाहरुको नाममा दर्ता हुन आएको एकमुष्ठ जग्गा मध्ये ४० प्रतिशत जग्गा लिने गरी बिचौलियाहरुले २०८१ जेठ २० लिखित नै गरेका थिए।

Next Post

पूर्वसभामुख अग्नि सापकोटाले पनि फिर्ता गरे गाडी

२२ आश्विन २०८२, बुधबार १६:४३
काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पनि संघीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन्। मा‌ओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले गाडी फिर्ता गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मितव्ययिताका लागि पूर्व पदाधिकारीलाई दिएको गाडी सुविधा खारेज गरेको थियो भने […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031