पूर्वसभामुख अग्नि सापकोटाले पनि फिर्ता गरे गाडी

खबर दृष्टि
खबरदृष्टि संवाददाता २२ आश्विन २०८२, बुधबार १७:०१

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पनि संघीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन्। मा‌ओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले गाडी फिर्ता गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मितव्ययिताका लागि पूर्व पदाधिकारीलाई दिएको गाडी सुविधा खारेज गरेको थियो भने आफू चढ्दै आएको सरकारी गाडी फिर्ता गर्न आग्रह गरेको थियो।

त्यसयता अन्य पूर्वसभामुख तथा राष्ट्रिय सभाका पूर्वअध्यक्षले पनि गाडी फिर्ता गरेका छन्। यसअघि नै पूर्व सभामुखहरू कृष्णबहादुर महरा र ओनसरी घर्तीले गाडी फिर्ता गरेका छन्। राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि गाडी फिर्ता गरिसकेका छन्।

Next Post

मुगुबाट सुर्खेत आउँदै गरेकाे माइक्रो बसमा एक युवक मृत फेला

२२ आश्विन २०८२, बुधबार १७:०१
सुर्खेत । जुम्लामा माइक्रो बसमा यात्रा गरिरहेका युवक मृत फेला परेका छन्। बुधबार राति साढे ८ बजे हिमा गाउँपालिका-१, आर्चाय गाउँका २२ वर्षीय गणेश रावत गुडिरहेको गाडीभित्रै मृत अवस्थामा फेला परेका हुन् । ती युवक मुगुबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ११८०० एसएलएम गाडीमा यात्रा गरिरहेकाे जिल्ला प्रहरी […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031