
काठमाडौं । जेन–जी आन्दोलनका अभियन्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता रवि किरण हमाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार बिहीबार काठमाडौंको सुकेधाराबाट हमाललाई नियन्त्रणमा लिइएको हो।
उनका अनुसार हमालमाथि सामाजिक सञ्जालको प्रयोग गरी आन्दोलनका लागि सर्वसाधारणलाई उक्साएको आरोप लागेको छ। सोही आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हमाल पछिल्लो समय ‘जेन–जी आन्दोलन’मा सक्रिय रूपमा सहभागी हुँदै आएका थिए। साथै, उनी राप्रपाका युवा नेतासमेत हुन्।