सशस्त्रका प्रहरी निरीक्षक ढकालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

खबर दृष्टि
खबरदृष्टि संवाददाता २४ आश्विन २०८२, शुक्रबार १६:१२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रुपन्देहीस्थित बोर्डर आउट पोस्ट (बीओपी) मझगाँवाका कार्यालय प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरीक्षक ढकालसहित २ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार दाहालका अनुसार सशस्त्र प्रहरी जवान यामबहादुर खत्री १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । खत्रीले भारतबाट भन्सार छली अवैधरूपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ लिएका प्रवक्ता दाहालले जानकारी दिए ।

त्यसपछि थप अनुसन्धानका क्रममा प्रहरी निरीक्षक ढकाल र सशस्त्र प्रहरी जवान खत्री समेतको आपसी मिलोमतो तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने प्रयोजनका लागि घुस लिएको पाइएको थियो ।​ उनीहरूविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको माग गरिएको आयोगले जनाएको छ ।

Next Post

फागुन २१ को निर्वाचनमा विदेशमा रहेका नेपालीलाई सहभागी गराउन जेनजी अभियन्ताहरूको माग

२४ आश्विन २०८२, शुक्रबार १६:१२
काठमाडौं । विदेशमा रहेका मतदाताहरुलाई पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी गराउनुपर्ने लगायतका मुख्य माग राखि जेनजी अभियन्ताहरुले निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएको छ । शुक्रवार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर उनीहरुले विदेशमा रहेका मतदाताहरुलाई पनि निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै आयोग पदाधिकारीलाई […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031