
असोज १७, सुर्खेत
नेत्रहीन सेवा संघ सुर्खेतले आगामी दिनमा अपाङ्गता भएका नागरिकहरुको घर दैलो अभियान चलाउने भएको छ ।
कोरोना भाइरसबाट दृष्टिविहीनहरु कसरी बच्ने, दृष्टिविहीनहरुका लागि राज्यले उपलब्ध गराउने सेवासुविधा कसरी उनीहरुको घर दैल्लोसम्म पु¥याउने भन्ने उद्देश्यले घरदैलो अभियान चलाउने भएको छ ।
शनिबार संस्थाको ११ साधारण सभाबाट विधान संसोधन गरि नेत्रहीन सेवा संघ सुर्खेतले चालु आर्थिक वर्षमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सेवा विस्तार गर्ने भएको छ । यस अघि सुर्खेतमा मात्र यसको कार्य क्षेत्र रहेकोमा अबदेखि कर्णालीका सबै जिल्लामा सेवा विस्तार गरिने नेत्रहीन सेवा संघ सुर्खेतका उपाध्यक्ष ललितनाथ योगीले जानकारी दिए ।
उनका अनुसार संस्थाले शनिबार नयाँ कार्यसमिति समेत गठन गरेको छ ।
प्रकाशित मिति : २०७७ असोज १७ गते शनिबार