२०८२ माघ ६ , मंगलबार

घट्यो पेट्रोल र डिजेलको मूल्य, लिटरको कति पर्छ ?



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि मूल्य घटेको हो । जस अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेलरमट्टितेलमा ५ र हवाई इन्धनमा ६ रूपैयाँ घटाइएको छ । यसैगरी खाना पकाउने ग्याँस (एलपी ग्याँस) को मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रू. ४.१९ ले, डिजेलमा रू. ५.०६ ले, र हवाई इन्धनमा प्रतिलिटर रू. ८.१५ ले घटेर आएको निगमले जनाएको छ । तर, एलपी ग्याँसमा भने प्रतिसिलिण्डर रू. १००. ३५ ले बढेर आएको निगमको भनाइ छ ।

null

प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार