२०८२ माघ ७ , बुधबार

मन्त्रीको कार्यविभाजन हेरफेर



काठमाडौँ ।  सरकारका मन्त्रीको कार्यविभाजनमा हेरफेर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीको कार्यविभाजन हेरफेर गरेका हुन् ।

मन्त्रिपरिषद्‌मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा राजेन्द्रसिंह भण्डारीले सम्हालेको खानेपानी मन्त्रालयको कार्यभारसमेत कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार