
काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारी वकीलको कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ। केहीबेरअघि प्रहरीले उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकीलको कार्यालय ल्याएको हो। उनलाई कति दिन अनुसन्धान गर्न म्याद थपियो भन्ने खुलेको छैन।
उनी हिजो भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए। पक्राउ परेको २४ घण्टाभित्र सरकारी वकीलमा उपस्थित गराउनुपर्ने हुन्छ। उनी जेनजी आन्दोलनमा बल प्रयोग गरेको अभियोगमा पक्राउ परेका हुन्। उनी गत भदौ २३ को जेनजी आन्दोलनको समयमा गृहमन्त्री थिए। उनीसँगै हिजो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ परेका छन्। ओलीलाई समेत म्याद थपका लागि ल्याइदैछ।
प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार